चाेभार सुक्खा बन्दरगाह आजदेखि निजी क्षेत्रबाट सञ्चालन गर्न शुरु

 मंसिर २९, २०८० शुक्रबार १९:२८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चोभार सुक्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न शुरु गरिएको छ । बन्दरगाह आज शुक्रवारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न शुरु गरिएको हो ।

केही दिनअघि चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालीबीच सम्झौता भएको थियो । सम्झौतामा समिति र प्रालीबीच पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम रुपैयाँ न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी हस्ताक्षर भएको थियो । त्यही सम्झौताअनुसार शुक्रवारदेखि बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल टीआरएस लोजिपार्कले लिएको छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका सात वटै पोर्ट निजी क्षेत्रमार्फत सञ्चालन भइरहेकाे बताउनुभयो । अघिल्लो वर्ष पोर्ट सञ्चालनबाट एक सय ३५ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न सकेको उहाँले जानकारी दिनुभयो । उहाँले समितिकै स्वीकृत दररेटमा बसेर निजी क्षेत्रले सेवा, सुविधा दिने बताउनुभयो ।

कार्यकरी निर्देशक गजुरेलले सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्ने आफूहरूको उद्देश्य रहे पनि काठमाण्डाै–तराई/मधेस द्रुतमार्ग नबनेसम्म पूर्ण सञ्चालनमा नआउने बताउनुभयो । यद्यपि निजी क्षेत्रसँग सहकार्य गरेर चलायमान बनाउने कोसिस गर्ने उहाँकाे भनाइ छ ।

बन्दरगाह सञ्चालनको जिम्मा लिएको ट्रान्स नेपाल टीआरएस लोजिपार्कले चोभारमा सुक्खा बन्दरगाहको कामलाई नमुनाको रूपमा विकास गर्ने बताएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै कम्पनीका प्रतिनिधि अनन्त सिंहले आफूहरूले विराटनगर, काँकडभिट्टा, वीरगञ्ज र तातोपानीमा पनि सेवा दिइरहेको भन्दै चोभारमा पनि त्यही सेवालाई निरन्तरता दिने बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया