प्रहरीको गोली लागेर ज्यान गएका बाराका युवकलाई शहीद घोषणाको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

 मंसिर ३०, २०८० शनिबार १९:६:६ | जयनारायण यादव
unn.prixa.net

बारा – प्रहरीको गोली लागेर ज्यान गुमाएका बाराका युवकलाई शहीद घोषणा तथा परिवारलाई क्षतिपूर्तिको माग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

प्रहरीको गोली लागेर ज्यान गुमाएका बारा सिम्रौनगढका युवक लक्ष्मी मुखिया विनलाई शहीद घोषणा तथा परिवारलाई क्षतिपूर्तिको माग गर्दै नेपाली कांग्रेसको नेतृत्वमा आज पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको हो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति विजयशंकर यादवको नेतृत्वमा निजगढमा टायर बालेर पूर्व–पश्चिम राजमार्ग अवरोध गरी प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा राजनितिक दल, मृतकका आफन्त र तलब नपाएर आन्दोलन गर्दै आएका सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरुसमेत सहभागी भएका थिए ।

घटनाको निष्पक्ष छानबिन गरी गोली चलाउने सुरक्षाकर्मीलाई कारबाही गर्नु पर्ने मधेश प्रदेशका मुख्य मन्त्री र सिम्रौनगढ नगरपालिकाका मेयरले राजीनामा गर्नुपर्ने लगायतका माग राखी नेपाली कांग्रेसले राजमार्ग अवरुद्ध पारेको छ ।

शनिवार दिउँसो २ बजेदेखि साँझसम्म सडक अवरुद्ध गरिएको र माग सम्बोधन नभए अझ कडा आन्दोलन गरिने नेपाली कांग्रेसका क्षेत्रीय सभापति विजयशंकर यादवले जानकारी गराउनुभयो ।

गएको बुधवार प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराउने विषयमा विवाद भइ शिक्षक–कर्मचारी र प्रहरीबीच झडप भइ प्रहरीले चलाएको गोली लागि सिम्रौनगढ–१ का २५ वर्षीय युवक लक्ष्मी मुखिया विनको ज्यान गएको थियो ।

मृतक विनको शव वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया