शेयर बजार झण्डै २८ अङ्कले बढ्यो, कारोबार रकम असार यताकै उच्च

 पुस १, २०८० आइतबार १५:३०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार आज झण्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७५ अङ्कले बढेर दुई हजार २२ दशमलव ३५ विन्दुमा पुगेको छ । आज व्यापार, म्युचुअल फण्ड र बैङ्किङबाहेक अरु सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूहको शेयर साढे पाँच प्रतिशतले उकालो लागेको छ ।

आज १० वटा जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज हिमालय लघुवित्तको शेयर सबैभन्दा धेरै झण्डै सात प्रतिशतले ओरालो लागेको छ । आज गएको असार यताकै सबैभन्दा धेरै कारोबार भएको छ ।

गएको असार १७ गतेपछि आज पहिलोपटक कारोबार रकम पाँच अर्ब रुपैयाँ नाघेको हो । आज एक करोड ७१ लाख कित्ता शेयर पाँच अर्ब १५ करोड ७८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २५ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया