ग्लोबल आईएमई बैङ्कको १७ औँ वार्षिकोत्सवका अवसरमा ‘क्यूआर पेमेन्ट’ मा १७ प्रतिशत छुट

 पुस १३, २०८० शुक्रबार २०:४७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ग्लोबल आईएमई बैङ्क लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा छुटकाे याेजना ल्याएकाे छ । यस याेजनामा ग्राहकले कार्ड तथा मोबाइल बैङ्किङ मार्फत गरिने कारोबारहरुमा १७ प्रतिशतसम्म छुट तथा एक हजार रुपैयाँसम्म ‘क्यास ब्याक’ पाउन सक्नेछन् ।

बैङ्कले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई यही पुष १६ गतेदेखि माघ १७ गतेसम्मका लागि बैङ्कको भिषा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा एक हजार रुपैयाँको ‘क्यास ब्याक’ उपलब्ध गराउने छ ।

यसका साथै, वार्षिकोत्सवको अवसरमा बैङ्कले थप छुटकाे याेजना पनि ल्याएकाे छ । याे याेजनामा बैङ्कमा नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरुले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलो पटकको क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम एक सय ७० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो क्यास ब्याक योजना पुष १७ गते देखि २३ गतेसम्म लागू हुनेछ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया