सातै प्रदेशमा प्रभातफेरि कार्यक्रम गरी मनाइयो ग्लोबल आईएमई बैङ्कको १७औँ वार्षिकोत्सव

 पुस १४, २०८० शनिबार १६:५२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ग्लोबल आईएमई बैङ्कको १७ औँ वार्षिकोत्सव सात वटै प्रदेशमा प्रभातफेरि कार्यक्रम गरी मनाइएको छ । बैङ्कले १७ औँ वार्षिकोत्सवको अवसरमा शनिवार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो । 

आमनागरिकमा वित्तीय साक्षरता तथा बैङ्किङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कले सातवटै प्रदेशका मुख्य सहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो ।

यही पौष १७ गतेदेखि ग्लोबल आईएमई बैङ्क आफ्नो स्थापनाको १६ वर्ष पूरा भइ १७ औँ वर्षमा प्रवेश गर्दैछ । काठमाण्डौमा आयोजित प्रभातफेरिमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा ग्लोबल आईएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैङ्क सञ्चालक समिति सदस्यहरु, बैङ्क उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

वित्तीय साक्षरता तथा बैङ्किङ शिक्षामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाण्डौको कान्तिपथ शाखा कार्यालयबाट हिँड्दै सहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाण्डौ उपत्यका बाहिरका मुख्य  सहरहरु परिक्रमा गरेका थिए । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया