आठौँ घरजग्गा मेलामा २ अर्ब ५० करोड रुपैयाँकाे कारोबार, ४० हजार जनाभन्दा धेरैले अवलाेकन गरे

 पुस १५, २०८० आइतबार २०:३२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आठौँ घरजग्गा मेलामा दुई अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यही पुस १२ गतेदेखि काठमाण्डाैकाे भृकुटीमण्डपमा भएकाे चार दिने मेलामा दुई अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष विदुर धमलाले बताउनुभयो ।

अध्यक्ष धमलाका अनुसार ४० हजार जनाभन्दा धेरैले मेलाकाे अवलोकन गरेका छन् । उहाँले मेला सोचेको भन्दा निकै राम्रो भएको प्रतिक्रिया दिनुभयाे । अर्को पटकको मेला झनै विशेष सुविधा र छुटसहित आयाेजना गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

अध्यक्ष धमलाले लिखित र मौखिकरूपमा सरकारले केही गरोस् भनेर सुझाव दिए पनि काम नबनेपछि व्यवसायी आफैँ मिलेर मेला आयाेजना गर्दा सफल भएको बताउनुभयो । मेलाबाट आशावादी हुने ठाउँ धेरै रहेको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया