अर्थतन्त्रमा कत्ति पनि सुधार नआएको 'सर्भे' को निष्कर्ष, उत्पादन र मागमा व्यापक कमी

 पुस १६, २०८० सोमबार १७:२७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार आएको धेरै पटक दाबी गरे पनि एक सर्वेक्षणले अर्थतन्त्रमा कत्ति पनि सुधार नआएको देखाएको छ ।

नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले गरेको एक सर्वेक्षणले समग्र बजार माग र उत्पादन नै खस्किएकाले अर्थतन्त्र मन्दीमा गइरहेको देखाएको हो । सर्भेका अनुसार उद्योगहरूको समग्र मागमा यो वर्षको पहिलो तीन महिनामा झन्डै ३६ प्रतिशतले कमी आएको छ । यस्तै उपभोग लगातार घटेपछि ५४ प्रतिशत उद्योगी व्यावसायीले व्यवसाय विस्तारको योजना त्यागेका छन् । यस्तै कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको, उद्योगको कच्चा पदार्थको आयातमा समेत निकै कमी आएको देखिन्छ ।

यसैगरी उद्योगहरूको कारोबार रकम अघिल्लो वर्षको तीन महिनामा २४ दशमलव ९४ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको तीन महिनामा थप सात दशमलव ४६ प्रतिशतले घटेको देखिन्छ । अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गएकाे वर्ष नै उद्योगी व्यवसायीको मनोबल कमजोर बनेको देखिएको थियो जुन चालु वर्षसमेत यथावत् रहेको देखिएको छ ।

सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९ दशमलव ४४ प्रतिशत उद्योगी व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ दशमलव ३२ प्रतिशत उद्योगी व्यवसायीले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन् । यसबाट सरकारले दाबी गरेअनुसार अर्थतन्त्रको अवस्थामा सुधार आएको परिसङ्घको बुझाइ रहेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया