एक वर्षमा झन्डै १० लाख १५ हजार जना पर्यटक नेपाल आए, सबैभन्दा धेरै भारत र अमेरिकाबाट

 पुस १६, २०८० सोमबार १९:२६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपालमा एक वर्षमा झन्डै १० लाख १५ हजार जना पर्यटक आएका छन् । सन् २०२३ मा हवाई मार्गबाट दुई सय १९ वटा देश तथा क्षेत्रका १० लाख १४ हजार आठ सय ७६ जना पर्यटक आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो ।

गएको डिसेम्बर महिनामा मात्रै ९६ हजार पाँच सय ६८ जना पर्यटक नेपाल आएका हुन् । सन् २०२३ मा नेपाल आएका पर्यटकमध्ये तीन लाख १९ हजार नौ सय ३६ जना भारतीय रहेका छन् । यस्तै अमेरिकाबाट एक लाख तीन सय ५७ जना, चीनबाट ६० हजार आठ सय ७८ जना र बेलायतबाट ५२ हजार आठ सय ६६ जना पर्यटक आएका छन् ।

कोभिड–१९ का कारण प्रभावित पर्यटन व्यवसाय लयमा फर्काउन सरकारले सन् २०२३ मा १० लाख जना पर्यटक भित्राउने लक्ष्य लिएको थियो । सरकारकाे त्यो लक्ष्य पूरा भएको छ ।

यस्तै सन् २०१९ को तुलनामा झन्डै ८५ प्रतिशत पर्यटक आएका छन् । सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका थिए ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया