गण्डकीमा ४ वटा दलका ८ जनाकाे उम्मेदवारी

 पुस २३, २०८० सोमबार १६:५५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – राष्ट्रिय सभा सदस्यकाे चुनावका लागि गण्डकी प्रदेशमा ३ वटा पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । माघ ११ गते हुने चुनावका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारी परेकाे निर्वाचन कार्यालय गण्डकीका निमित्त प्रमुख रुद्र न्यौपानेले बताउनुभयाे ।

कांग्रेसबाट गोरखाका किरणबाबु श्रेष्ठ र कांग्रेसबाट अपाङ्गता क्लस्टरमा पदमबहादुर परियारले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । यस्तै माओवादीबाट पर्वतकी मनरुपा शर्माले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

यसैगरी एमालेबाट गोरखाकी सम्झना देवकोटा, स्याङ्जाका चक्रबहादुर पराजुली र मुस्ताङका हेमचन्द्र शेरचन थकालीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । राप्रपबाट कास्कीका राेमबहादुर भण्डारी र महिला क्लस्टरमा तनहुँकी गौमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

गण्डकीबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित प्रकाश पन्थ र दीपा गुरुङको ६ वर्षे कार्यकाल सकिँदैछ ।

राष्ट्रिय सभा चुनावका लागि गण्डकीमा नेपालकी कांग्रेसको २ हजार ७ सय ४ मतभार छ । त्यसैगरी नेकपा एमालेको २ हजार ४ सय ५८, माओवादीको ९ सय ९४, राप्रपाको १ सय ६, समाजवादीको ७२, राष्ट्रिय जनमोर्चाको ५७ र स्वतन्त्र उम्मेदवारकाे १९ मतभार रहेको छ । गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा बढी मतभार रहेकाले सत्ता गठबन्धनकै जित हुने देखिन्छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया