राष्ट्रिय सभा चुनाव : १९ वटा सिटका लागि ५२ जनाको उम्मेदवारी (सूचीसहित)

 पुस २३, २०८० सोमबार १९:३२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

राष्ट्रिय सभा चुनावका लागि मकवानपुरको हेटौँडामा रहेकाे प्रदेश निर्वाचन कार्यालयमा सोमवार मनोनयन दर्ता गर्दै उम्मेदवार । तस्बिर : मणिराज गौतम/रासस

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य चुनावका लागि ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १९ सदस्यका लागि माघ ११ गते हुने चुनावमा सात वटै प्रदेशमा गरी ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज बिहान १० बजेदेखि दिउँसाे ३ बजेसम्ममा सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गराएको हो । उम्मेदवारी दर्ता गराउनेमा महिला समूहतर्फ १८ जना, दलित समूहतर्फ पाँच जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ जना र अन्य समूहतर्फ २१ जना छन् ।

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा पाँच जना, मधेस प्रदेशमा पाँच जना, बाग्मती प्रदेशमा १५ जना र गण्डकी प्रदेशमा आठ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । यस्तै लुम्बिनी प्रदेशमा सात जना, कर्णाली प्रदेशमा छ जना र सुदूरपश्चिम प्रदेशमा छ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, पर्सि २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ ।

माघ ११ गते १९ सदस्यका लागि हुने चुनावमा सत्तारूढ गठबन्धनका दलहरूले सामूहिक उम्मेदवारी दिएका छन् भने नेकपा एमालेले एकल उम्मेदवारी दिएको छ । अहिलेकै अवस्थामा १९ वटै सिटमा गठबन्धनका उम्मेदवार निकै बलिया देखिएका छन् । तर गठबन्धनका मतदाताले नै पार्टी नभई व्यक्ति पनि हेर्ने भएकाले आफ्ना उम्मेदवारले जित्ने एमालेको दाबी छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया