डा. विशद दाहालकाे निलम्बन फिर्ता गर्न केएमसीलाई शिक्षामन्त्रीको निर्देशन

 पुस २४, २०८० मंगलबार १७:५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आवासीय चिकित्सक डाक्टर विशद दाहालकाे निलम्बन फिर्ता लिन काठमाण्डाै मेडिकल कलेज (केएमसी) लाई निर्देशन दिनुभएकाे छ । केएमसीकाे सहकुलपतिसमेत रहनुभएका मन्त्री राईले डा. दाहालकाे निलम्वन तत्काल फिर्ता गर्न विश्वविद्यालयलाई निर्देशन दिनुभएको हाे ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव सुरेश अधिकारीले आज मन्त्री राईले काठमाण्डाै विश्वविद्यालय ऐन २०४८ को दफा १३ (क) उपदफा (३) बमोजिम विश्वविद्यालयलाई निर्देशन दिनुभएको जानकारी दिनुभयो । मन्त्री राईले काठमाण्डाै विश्वविद्यालयबाट हेल्थ क्याम्प र फिल्ड भिजिट सम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र विद्यार्थीलाई स्वास्थ्य शिविरमा पठाउन पनि निर्देशन दिनुभएको सचिव अधिकारीले बताउनुभयो ।

मन्त्री राईले दिनुभएकाे निर्देशनकाे व्यहाेराबारे जानकारी दिँदै उहाँले भन्नुभयो, ‘डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा स्वस्थ शैक्षिक वातावरण तयार गर्न/गराउन काठमाण्डाै विश्वविद्यालय ऐन २०४८ को दफा १३ (क) उपदफा (३) बमोजिम निर्देशन दिएको छु ।’

मन्त्री राईले काठमाण्डाै विश्वविद्यालयबाट हुने निर्देशनलाई पालना गरी मन्त्रालयलाई जानकारी गराउन भन्दै केएमसीलाई बोधार्थसमेत दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया