विदेशी मुद्रा सञ्चिति १७ खर्ब ६७ अर्ब रुपैयाँ पुग्यो

 पुस २६, २०८० बिहिबार १९:४४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ काे पाँच महिनामा विदेशी मुद्रा सञ्चिति १४ दशमलव ८ प्रतिशतले बढेकाे छ ।

राष्ट्र बैंकका अनुसार गएकाे असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति १४ दशमलव ८ प्रतिशतले बढेर मङ्सिर मसान्तमा १७ खर्ब ६७ अर्ब चार करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा १३ दशमलव ६ प्रतिशतले बढेर मङ्सिर मसान्तमा १३ अर्ब ३१ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गएकाे असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा मङ्सिर मसान्तमा ८ दशमलव ९ प्रतिशतले बढेर २ खर्ब १० अर्ब ९७ कराेड रुपैयाँ पुगेकाे छ ।

बैंकका अनुसार मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव ६ प्रतिशत छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया