बढ्यो तरुलको खपत, कालीमाटीमा भित्रियो १ हजार ६ सय १३ टन तरुल

 पुस २९, २०८० आइतबार २०:३३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यस वर्षकाे पुस मसान्तसम्म कालीमाटी तरकारी बजारमा एक हजार छ सय १३ टन तरुल भित्रिएको छ । यो अघिल्लो वर्षको यही अवधिसम्मकाे तुलनामा धेरै रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

अघिल्लो वर्ष चैतसम्म एक हजार छ सय ९३ टन तरुल भित्रिएकोमा अहिले पुस २९ गतेसम्म नै एक हजार छ सय १३ टन तरुल भित्रिएको समितिका प्रवक्ता तथा उपनिर्देशक विनय श्रेष्ठले बताउनुभयो । अझ तीन महिना तरुल भित्रिने समय भएको हुँदा अघिल्लो वर्षको तुलनामा धेरै भित्रिने उहाँ बताउनुहुन्छ । पुस महिनामा मात्र कालीमाटी तरकारी बजारमा एक हजार तीन सय ४५ टन तरुल भित्रिएको छ ।

पहिले–पहिले माघे सङ्क्रान्तिलाई लक्षित गरेर मात्र तरुलकाे उत्पादन हुने गर्थ्याे तर अहिले वर्षभरि नै तरुलको उपभोग गर्ने हुनाले खपत बढेको हो । अहिले उपभोग संस्कृति बढेको र हरेक महिना तरुल बजारमा आइरहने हुनाले पनि खपत बढेको समितिका प्रवक्ता तथा उपनिर्देशक श्रेष्ठको भनाइ छ ।

तरुल विशेषगरी सर्लाही, सुनसरी, मोरङ, धादिङ, मकवानपुर, झापा, दाङ, चितवनबाट धेरै भित्रन्छ । बजारमा सर्लाहीबाट झन्डै ४९ प्रतिशत, सुनसरीबाट १०, मोरङबाट आठ, धादिङबाट पाँच र झापाबाट चार प्रतिशत तरुल भित्रन्छ । भारतबाट पनि छ प्रतिशत तरुल भित्रने गरेको छ ।

बजारमा घर तरुल, वन तरुल, हात्ती पाइले, सिमल तरुल, पताले तरुल गरी विभिन्न प्रकारका तरुल पाइन्छ । माघे सङ्क्रान्तिमा विशेषगरी तरुल खाने प्रचलन हुँदा पुस मसान्तमा तरुलको कारोबार अत्यधिक हुने गर्छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया