जापानले चन्द्रमामा सफल अवतरण गराएको अन्तरिक्ष यान निष्कृय

 माघ १०, २०८० बुधबार ६:३८:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – जापानले चन्द्रमामा सफल अवतरण गराएको अन्तरिक्षयान त्यहीँ निष्कृय भएको छ । मुन स्नाइपर मिसनमा चन्द्रमाको सतहमा शनिवार अवतरण भएको तीन घण्टापछि नै यो यानसँगको सम्पर्क विच्छेद भएको थियो । द स्मार्ट ल्याण्डर नामको अन्तरिक्षयान सौर्यऊर्जामा आएको समस्याका कारण बन्द भएको बीबीसीले जनाएको छ ।

जापानको अन्तरिक्ष एजेन्सी जाक्साले भने सूर्यको किरण सही ठाउँमा पर्‍याे भने उनीहरूको चन्द्रमा ल्यान्डर फेरि सक्रिय हुन सक्नेमा आशावादी रहेको बताएको छ । यानमा रहेको सोलार प्यानलमा देखिएको खराबीका कारण यसको ब्याट्री चार्ज हुन नपाएको र सौर्यउर्जा पाएमा यसको ब्याट्री चार्ज भएर आफै स्वीच अन हुनसक्ने अपेक्षा रहेको जाक्साको भनाइ छ ।

जापानी वैज्ञानिकहरूले ब्याट्री प्रणाली पूर्ण रूपमा असफल हुनुअघि नै यान बन्द गरिसकेका थिए । १२ प्रतिशत पावर बाँकी रहेको र पुनः शुरु गर्दा समस्या नआओस् भनेर स्वीच अफ गर्ने निर्णय गरेको वैज्ञानिकहरूले बताएका खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया