फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बालबालिकाको नग्न तस्बिर पठाउन रोक लगाउने तयारी

 माघ १४, २०८० आइतबार १५:२१:१६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

फेसबुकको मातृ कम्पनी मेटाले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बालबालिकाको नग्न तस्बिर पठाउन र प्राप्त गर्न रोक लगाउने भएको छ ।

सामाजिक सञ्जालमा बालबालिकाको नग्न तस्बिर पठाउन र प्राप्त गर्न रोक लगाउन छिट्टै 'सेफ्टी टुल' ल्याउन लागेको मेटाले जनाएको छ । इनक्रिप्टेड च्याटमा पनि यो लागू हुनेछ । यो टुल वैकल्पिक हुनसक्छ र फेसबुकमा वयस्कहरूका लागि पनि उपलब्ध हुनसक्छ ।

मेटाले इनक्रिप्ट म्यासेन्जरलाई डिफल्टमा राखेको थियो । कम्पनीको यो निर्णयको निकै आलोचना भएको थियो । इनक्रिप्सनका कारण बालबालिकामाथि हुने दुर्व्यवहारको घटना पत्ता लगाउन नसकेको मेटाको भनाइ थियो । महिला र १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई यौन दुर्व्यवहारबाट बचाउन यो फिचर ल्याएको कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया