जापानको चन्द्रयान ‘स्लिम’ले फेरि काम गर्न थाल्यो

 माघ १५, २०८० सोमबार १५:२०:० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चन्द्रमाको सतहमा अवतरण गरेको जापानको यान ‘स्लिम’ले फेरि काम गर्न थालेको छ । अवतरण भएको एक हप्तासम्म ऊर्जाका कारण काम नगरेको यानले फेरि काम गर्न थालेको जापान एरोस्पेश एक्सप्लोरेशन एजेन्सी (जाक्सा) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जाक्साले गएराति ल्याण्डरसँग पुनः सम्पर्क स्थापित भएको जनाएको छ । ल्याण्डरसँग सम्पर्क स्थापित भएपछि यसले यानमा भएको ऊर्जा सम्बन्धी त्रुटि समाधान भएको सङ्केत गरेको हो । चन्द्रमामा प्रकाशको अवस्था परिवर्तन भएपछि सौर्य प्रणालीले फेरि काम गर्न थालेको हो ।

जनवरी २० मा चन्द्रमाको सतहमा अवतरण गरेपछि यसको सौर्य प्रणालीले काम गर्न नसकेका कारण ऊर्जा उत्पादन गर्न सकेको थिएन । सौर्य प्रकाशले काम नगरेपछि यानलाई बन्द गर्ने निर्णय गर्नुअघि यसलाई केही समय ब्याट्रीले चलाइएको थियो ।

तर, सूर्यको प्रकाशको अवस्था परिवर्तन भएपछि भने अहिले यानले काम गर्न थालेको छ । चन्द्रमामा यान अवतरण गराएसँगै जापान चन्द्रमामा सफलतापूर्वक यान पठाउने पाँचौ राष्ट्र भएको थियो । यसअघि अमेरिका, रुस, चीन तथा भारतले चन्द्रमामा यान पठाइसकेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया