फेसबुक शुरु भएको २० वर्ष पूरा, तीन अर्ब मानिसले प्रयोग गर्दै

 माघ २१, २०८० आइतबार १२:९:१० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अहिले सबैभन्दा धेरै प्रयोगमा रहेको सामाजिक सञ्जाल फेसबुक स्थापना भएको आज २० वर्ष पूरा भएको छ । सन् २००४ मा मार्क जुकरवर्गले आफ्ना केही साथीहरुसँग मिलेर फेसबुकको शुरुवात गर्नुभएको हो ।

केही विद्यार्थीले दुई दशकअघि अमेरिकामा शुरु गरेको ‘द फेसबुक’ले अहिलेसम्म दर्जनौँ नयाँ डिजाइनहरु परिवर्तन गर्दै आफूलाई अब्बल बनाएको छ । अहिले विश्वभर फेसबुकका तीन अर्ब भन्दा धेरै प्रयोगकर्ता छन् । फेसबुककै मातृ कम्पनी मेटा अन्तर्गतको वाट्सएप अहिले विश्वमा प्रयोग भएको दोस्रो सामाजिक सञ्जाल हो । 

मेटाकै इन्सटाग्राम चौथो नम्बरमा छ । फेसबुकभन्दा अगाडि माईस्पेसजस्ता अरू सामाजिक सञ्जाल भए पनि फेसबुक निकै चाँडो लोकप्रिय बन्यो । संसारलाई अनलाइन सामाजिक गतिविधिको नयाँ युगमा प्रवेश गराएको श्रेय फेसबुकलाई नै जाने प्रविधिविज्ञहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

कसैले फेसबुक लगायतका सामाजिक सञ्जाललाई पारस्परिक सम्पर्क र सम्बन्ध बढाउने सशक्त माध्यम मानेका छन् भने कसैले हानिकारक कुलत पनि भन्ने गरेका छन् । फेसबुकले हाम्रो रुचि र अरुचिबारे जानकारी राखेर पैसा कमाउन सकिन्छ भन्ने देखायो ।

तर, मेटाले व्यक्तिगत विवरण दुरुपयोग गरेको आरोपमा थुप्रै पटक जरिबाना तिर्नुपरेको छ । यस्तै पैसा लिएर राजनीतिक प्रचार गर्ने फेसबुकले इन्टरनेटलाई राजनीतिको साधन पनि बनाइदिएको छ । अहिले फेसबुकले आर्टिफिशल इन्टेलिजन्स (एआई) लाई पनि प्राथमिकतामा राखेको छ । 


 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया