श्रमिकको अभिमुखीकरण तालिम शुल्क बढाउने निर्णय खारेज गर्न जिफन्टको माग

 माघ २९, २०८० सोमबार १०:४७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई दिइने अभिमुखीकरण तालिमको शुुल्क बढाउने निर्णय खारेज गर्न माग गरेको छ।

बाध्यतावश वैदेशिक रोजगारीमा जाने नागरिकलाई सरकारले आर्थिक भार थोपर्ने र ठग, कमिसनखोरहरुलाई संरक्षण दिने गरेको जिफन्टको आरोप छ।

यस्तै, म्यानपावर कम्पनीहरूको माग बमोजिम श्रमिकविरुद्ध निर्णय गरिएमा ट्रेड युनियनहरू आन्दोलनमा उत्रिने भन्दै जिफन्टले कुनै पनि गलत निर्णय नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएको छ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले ठूलो सङ्ख्यामा विप्रेषण भित्रिएको कुरामा गर्व गर्ने तर तिनै श्रमिकलाई थप आर्थिक भार थप्नेबाहेक सरकारले केही नगरेको आरोप लगाउनुुभयो । सरकारले केही दिनअघि मात्रै श्रमिकसँग लिने अभिमुखीकरण शुल्क चार गुणा बढाएको थियो। 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया