लक्ष्य अनुसार राजश्व उठाउन र खर्च गर्न नसकेपछि सरकारले बजेटको आकार घटायो

 माघ २९, २०८० सोमबार १८:६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सरकारले चालू आर्थिक वर्ष २०८०/८१  बजेटको आकार घटाएर १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँमा झारेको छ । बजेटको अर्धवाषिर्क समीक्षामार्फत अर्थ मन्त्रालयले बजेटको आकार १२ दशमलव ६२ प्रतिशत अर्थात् दुई खर्ब २१ अर्ब रुपैयाँले घटाएर १५ खर्ब ३० अर्ब २६ रुपैयाँमा झारेको हो ।

गएको जेठ १५ गते सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो । जति प्रयास गर्दा पनि लक्ष्य अनुसार राजश्व सङ्कलन नभएको र खर्च गर्न पनि समस्या भएकाले बजेटको आकार घटाइएको अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो ।

संशोधित लक्ष्य अनुसार चालुतर्फ १० खर्ब १३ अर्ब रुपैयाँ, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ६८ अर्ब रुपैयाँ खर्च हुने उहाँले बताउनुभयो । यस्तै, सरकारले राजश्वबाट १० खर्ब ८० अर्ब रुपैयाँ, आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब रुपैयाँ, वैदेशिक सहायताबाट ४० अर्ब रुपैयाँ र वैदेशिक ऋणबाट १ खर्ब ८० अर्ब रुपैयाँ सङकलन हुने लक्ष्य राखेको छ ।

मध्यावधि समीक्षामार्फत अर्थमन्त्री महतले देशको अर्थतन्त्रमा सुधार आउँदै गरेको दाबी गर्न भने छुटाउनुभएन । आउँदो बैशाखमा हुने लगानी सम्मेलनसँगै देशमा लगानीको वातावरण बन्ने र आर्थिक गतिविधि थप सुधार आउने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया