७ महिनामा जम्मा ६३ अर्ब २७ करोड रुपैयाँ मात्रै विकास बजेट खर्च

राजस्व सङ्कलन र अनुदान प्राप्ति पनि ४० प्रतिशत मात्र

 फागुन १, २०८० मंगलबार १५:७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको सात महिनामा जम्मा ६३ अर्ब २७ करोड रुपैयाँ मात्रै विकास बजेट खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार हिजोसम्म ६३ अर्ब २७ करोड ९५ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

बजेटमाफर्त चालु आर्थिक वर्षमा सरकारले तीन खर्ब दुई अर्ब रुपैयाँ विकास बजेट अर्थात् पुँजीगत खर्चको लक्ष्य लिएको थियो । सात महिनामा जम्मा २१ दशमलव चार प्रतिशत मात्रै खर्च भएको हो ।

यस्तै चालु खर्चतर्फ लक्ष्यको ४४ दशमलव ५८ प्रतिशत अर्थात् पाँच खर्ब तीन अर्ब ५९ करोड रुपैयाँ खर्च भएको छ । विभिन्न क्षेत्रमा लगानी र ऋण तिर्न विनियोजन भएको बजेट अर्थात् वित्तीय व्यवस्थातर्फ ३७ दशमलव १२ प्रतिशत अर्थात् एक खर्ब १२ अर्ब २५ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । समग्रमा सात महिनामा छ खर्ब ७९ अर्ब ३८ करोड अर्थात् ३९ दशमलव २१ प्रतिशत बजेट खर्च भएको छ ।

यस्तै आम्दानीतर्फ राजस्व र अनुदान गरेर १४ खर्ब ७२ अर्ब रुपैयाँको लक्ष्य राखेकोमा सात महिनामा जम्मा पाँच खर्ब ८८ अर्ब २३ करोड रुपैयाँ मात्रै उठेको छ । यो लक्ष्यको ४० दशमलव १७ प्रतिशत हो । तर जति गर्दा पनि लक्ष्यअनुसार राजस्व सङ्कलन र खर्च गर्न नसकेको भन्दै सरकारले हिजो मात्रै बजेट संशोधन गरेको छ । अर्थ मन्त्रालयले बजेटको आकार १२ दशमलव ६२ प्रतिशत अर्थात् दुई खर्ब २१ अर्ब रुपैयाँले घटाएर १५ खर्ब ३० अर्ब २६ रुपैयाँमा झारेको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया