निकै महत्त्वपूर्ण मानिएकाे हेटौँडा सबस्टेशनको काम अन्तिम चरणमा

 फागुन १, २०८० मंगलबार १५:२३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निकै महत्त्वपूर्ण मानिएको हेटौँडा सबस्टेशनकाे काम अन्तिम चरणमा पुगेको छ । एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ सबस्टेशनका उपकरण जडान, परीक्षणलगायतका अन्तिम चरणका कामहरू भइरहेका छन् ।

सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका साथै स्थानीय रूपमा आपूर्ति समेत गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । निर्माण अनुगमनमा पुग्नुभएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले सबस्टेशनको काम सन्तोषजनक देखिएको बताउनुभयो ।

नेपाल सरकार र प्राधिकरणको लगानीमा हेटौँडा–ढल्केबर–इनरुवा ४ सय केभी सबस्टेशन विस्तार आयोजनाअन्तर्गत हेटौँडा सबस्टेशनमा ३ सय १५ एमभीए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन् । धनुषाको ढल्केबरबाट र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाट प्राप्त हुने अनुदानबाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४ सय केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेशनमा ल्याएर जोडिने छ । यसका लागि हेटौँडा सबस्टेशनमा पूर्वाधार निर्माण गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया