क्लासिक टेकले माग्यो ३ सय जना कर्मचारी

 फागुन ३, २०८० बिहिबार १५:३२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालभरि ३ सय जना कर्मचारी माग गरेको छ । माग गरिएका पदहरूमा ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २ सय जनाभन्दा बढी क्षेत्रीय बिक्री प्रतिनिधिका साथै प्राविधिक विभाग, फाइबर विभाग लगायतका रहेका छन् ।

कम्पनीले कोशी प्रदेशको विराटनगर, दुहवी, रङ्गेली, हरिनगरा, देवानगञ्ज, चिम्दी, भुटाहा, इटहरी, तरहरा, धरान , चतरा , केराबारी, लेटाङ, विराटचोक, बिर्तामोड र दमकका लागि कर्मचारी माग गरेको छ ।

यसैगरी मधेस प्रदेशको वीरगञ्ज, कलैया, चन्द्रनिगाहापुर, ढल्केबर र लहानका लागि कर्मचारी माग गरेको छ । यस्तै बाग्मती प्रदेशको नयाँ बानेश्वर, गैरीधारा, बालाजु, गोल्फुटार, कलङ्की, पेप्सिकोला, डाँछी, चावहिल, नारायणटार, मूलपानी, गोकर्ण, बल्खु, धापासी, ललितपुर (सातदोबाटो), चापागाउँ, ठेचो, थैब, थानकोट, सूर्यविनायक, बनेपा, पनौती, चितवन (भरतपुर, चनौली, टाँडी, गितानगर, पर्सा), हेटौँडा (हटिया, पदमपोखरी, बस्तीपुर) का लागि कर्मचारी माग गरेको छ । यस्तै गण्डकी प्रदेशको पोखरा, लेखनाथ तथा लुम्बिनी प्रदेशको बुटवल, भलबारी, फर्साटिकर, माणिग्राम, टिकुलीगढ, नयाँ गाउँ, भैरहवा, नेपालगञ्ज र कोहलपुरका लागि कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका तथा कम्पनीसँग सहकार्य गर्न इच्छुक उम्मेदवारले आफ्नो व्यत्तिगत विवरण याे लिङ्क मा पेस गर्न सकिने कम्पनीले जनाएको छ । क्लासिक टेक र यसका विज्ञापनबारे थप जानकारीका लागि यहाँ क्लिक गर्न सकिनेछ ।

कम्पनीले कर्मचारीका लागि सियुजीसिम कार्ड, इन्धन, सामाजिक सुरक्षा कोषजस्ता विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया