शेयर बजार दाेहाेराे अङ्कले घट्याे

 फागुन ३, २०८० बिहिबार १८:१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । हिजो सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४६ अङ्कले घटेर दुई हजार ६२ दशमलव शून्य तीन विन्दुमा झरेको छ ।

आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको शेयर घटेको छ । आज बीमा, विकास बैंक, फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज बोटलर्स नेपाल र समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

दाेहाेराे अङ्कले बजार घटेकाे दिन आज एक करोड १४ लाख कित्ता शेयर तीन अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया