मधेसका मुख्यमन्त्री यादवलाई तेस्राे पटक विश्वासकाे मत

 फागुन ६, २०८० आइतबार १८:३८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्नुभएकाे छ ।

आज बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवलाई ६९ जना सांसदले विश्वासकाे मत दिए । ३५ जना सांसदले विपक्षमा मत दिए । बैठकमा एक सय चार जना सांसद उपस्थित थिए । 

गएकाे माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले आज तेस्राे पटक विश्वासकाे मत लिनुभएकाे हाे । उहाँ गएकाे वर्षकाे पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया