इजरायली सेनाले आक्रमण गरेपछि दक्षिणी गाजाको सबैभन्दा ठूलो अस्पतालको सेवा बन्द

 फागुन ६, २०८० आइतबार १८:५९:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – इजरायली सेनाले आक्रमण गरेपछि दक्षिणी गाजामा रहेको सबैभन्दा ठूलो अस्पतालको सेवा बन्द भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले डब्ल्यूएचओको टोलीलाई खान युनुस सहरको नासेर अस्पतालमा प्रवेश गर्न नदिइएको बतानुभएको बीबीसीले जनाएको छ । यस अस्पतालमा अहिले पनि झन्डै दुई सय जना घाइते र बिरामी उपचाररत छन् ।

डब्ल्यूएचओको टोलीले उनीहरुको अवस्थाबारे जानकारी लिन चाहेको थियो । इजरायली सेनाले कसैलाई पनि अस्पतालमा प्रवेश नदिएकाले त्यहाँभित्रका दुई सय जना घाइते र तथा बिरामीको अवस्था थाहा हुन सकेको छैन ।

इजरायलले नासेर अस्पताल र वरपरका क्षेत्रमा गरिएको सैन्य कारबाहीमा २० जनाभन्दा बढी हमास लडाकु मारेको बताएको छ । इजरायली सेनाले ठूलो परिमाणमा हतियार पनि बरामद गरेको दाबी गरेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया