आजदेखि पाँच दिनसम्म देशका धेरै ठाउँमा मौसम बदली, हल्का वर्षाको सम्भावना

 फागुन ७, २०८० सोमबार ६:४५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज सोमवारदेखि आउँदो शुक्रवारसम्म देशका धेरै ठाउँमा आंशिकदेखि साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुुसार  मौसमी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा रहेकाले आजदेखि बुधवारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा तथा बाग्मती र कोशी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक–दुई ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार बिहीवारदेखि शुक्रवारसम्म बाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँहरुमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यसैगरी, आज सोमवार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँहरूका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी पहाडी भेगका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मंगलवारदेखि बुधवारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा बाग्मती र कोशी प्रदेशका एक–दुई ठाउँमा हल्का पानी पर्ने महाशाखाले जनाएको छ ।

यस्तै, बिहीवार बाग्मती, मधेस र कोशी प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रवार गण्डकी, बाग्मती र कोशी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी पहाडी भेगका एक–दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

शनिवारदेखि क्रमशः मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ । मौसम बदलीका कारण चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया