तनहुुँको आँबुुखैरेनीमा जन्ती बोकेको जीप दुुर्घटना हुँदा दुुई जनाको ज्यान गयो, १६ जना घाइते

 फागुन ७, २०८० सोमबार ९:२०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । १६ जना घाइते भएका छन् ।

तनहुँको व्यास नगरपालिकाबाट जन्ती लिएर  आँबुखैरेनीका लागि छुटेको बा १८ च ५९२१ नम्बरको जीप बरादी–हिलेखर्कको भित्री सडक खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा ७२ वर्षका आशवीर गुरुङ र १७ वर्षकी तुलसी गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।

घाइतेहरुको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उहाँले बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया