आज प्रजातन्त्र दिवससँगै निर्वाचन दिवस पनि मनाइँदै

 फागुन ७, २०८० सोमबार १२:११:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रम गरी आज निर्वाचन दिवस मनाइँदैछ ।

नागरिकको सङ्घर्षको बलमा २००७ साल फागुन ७ गते तत्कालीन राजा त्रिभुवनबाट जहानियाँ राणा शासनको अन्त्य गराइ प्रजातन्त्रको घोषणा भयो । त्यसको दश वर्षपछि संसदीय चुनाव भएको थियोे । त्यही चुनाव हुनुलाई इतिहासले पहिलो आमचुनाव मानेको छ ।

विसं २०१५ साल फागुन ७ गते नेपालमा आमचुनाव शुरु भइ बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्त्वपूर्ण दिनको स्मरण गर्दै दिवस मनाउने गरिन्छ ।

चुनावका लागि सार्वभौमसत्ता सम्पन्न मतदाता नै सर्वोपरि भएकाले निर्वाचन आयोगले मतदाता नामावलीको शुद्धता र दर्ता सहजीकरणका लागि पालिकाबाटै मतदाता नामावली सङ्कलन गर्ने र विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यविधि अगाडि बढाएको छ।

संविधानले निर्वाचन आयोगलाई राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य र पालिकाका सदस्यको चुनाव गर्ने, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने, निर्वाचन प्रयोजनको लागि मतदाता नामावली तयार गर्ने एवं राष्ट्रिय महत्त्वको विषयमा जनमत सङ्ग्रह गराउनेसमेत जिम्मेवारी तोकेको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया