प्रजातन्त्र दिवसमा टुँडिखेलमा प्रवेश नदिएकाे भन्दै पत्रकारहरुद्वारा 'क्यामरा डाउन'

 फागुन ७, २०८० सोमबार १२:२७:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै - प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयाेजित कार्यक्रममा प्रवेश गर्न नदिएकाे भन्दै पत्रकारहरुले 'क्यामरा डाउन' गरेका छन् ।

आज ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा भित्र जान नदिएको उनीहरुले बताएका छन् ।

प्रवेश नदिएसँगै पत्रकारहरुले विरोधस्वरुप क्यामेरा डाउन गरेका हुन् । सूचना तथा प्रसारण प्रेस कार्ड हुनेहरुलाई पनि प्रवेश नदिएपछि विरोध जनाइएकाे उनीहरुले बताएका छन् । 

विक्रम संवत् २००७ साल फागुन ७ गते १ सय ४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भइ नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरु सहभागी हुनुभएको छ । 

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया