नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हरायो, नेपाल तालिकाको शीर्ष स्थानमा

 फागुन ७, २०८० सोमबार १५:१०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हराएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको १ सय २४ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । नेदरल्यान्ड्सका माइकल लेभिटले ५७ रन बनाए । नामिबियाका गेरहार्ड इरासमसले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नामिबिया ३५ ओभर १ बलमा १ सय २३ रनमा अल आउट भयो । नामिबियाका जेजे स्मितले सबैभन्दा धेरै २६ रन बनाए । नेदरल्याड्सका आर्यन दत्तले करियरको उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा ३४ रन दिँदै ६ विकेट लिए । यो नेदरल्यान्ड्सका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाेत्कृष्ट बलिङ हो ।

नेदरल्यान्ड्सको जितले नेपाललाई फाइदा पुगेको छ । नेपाल नेट रन रेटका आधारमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ३ वटै टोलीले २/२ खेल खेलेकोमा १/१ खेल जितेका छन् । नेपालले नामिबियासँग हारेको थियो भने नेदरल्यान्ड्सलाई हराएको थियो । प्रतियाेगितामा नेपालले अब पर्सि बुधवार नामिबिया र १३ गते आइतवार फेरि नेदरल्यान्ड्ससँग खेल्नेछ ।

आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा ८ वटा टोलीले खेल्नेछन्, जसमा शीर्ष ४ वटा टोलीले सिधै विश्वकप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया