आउँदो वर्षको बजेटमा १८ खर्बकाे सीमा निर्धारण, १४ खर्ब राजस्व उठ्ने अनुमान, ५ खर्ब रुपैयाँभन्दा धेरै ऋण लिनुपर्ने

 फागुन ७, २०८० सोमबार १५:२८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेटमा १८ खर्ब रुपैयाँको सीमा तोकेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठको संयोजकत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेट सीमा अर्थात् 'सिलिङ' तोकेको हो ।

आउँदो आर्थिक वर्षमा सरकारले १४ खर्ब रुपैयाँ राजस्व उठाउने, आर्थिक वृद्धिदर छ प्रतिशत हुने, मूल्यवृद्धि पाँच दशमलव पाँच प्रतिशतमा सीमित राख्ने, २१ दशमलव एक प्रतिशत राजस्व वृद्धि र चार दशमलव चार प्रतिशत आन्तरिक ऋण वृद्धिको अनुमान राखेकाे छ ।

यसैगरी आउँदो वर्ष दुई खर्ब १० अर्ब रुपैयाँ वैदेशिक ऋण र ५० अर्ब रुपैयाँ अनुदानको अनुमान रहेको छ । यस्तै दुई खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने अनुमान छ ।

आर्थिक वर्ष २०८२/८३ का लागि २१ खर्ब र २०८३/८४ का लागि २४ खर्ब ५५ अर्ब रुपैयाँ बराबर खर्चको सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया