काठमाण्डौ महानगरकाे बजेट खर्च साढे २० प्रतिशत, ४ वटा क्षेत्रमा १ रुपैयाँ पनि खर्च गर्न सकेन

 फागुन ७, २०८० सोमबार १५:३३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा २० दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको छ ।

महानगरले चालु आर्थिक वर्षका लागि २४ अर्ब आठ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा गएको साउनदेखि माघ मसान्तसम्म चार अर्ब ९५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको हो । अब महानगरसँग १९ अर्ब १२ करोड ९९ लाख रुपैयाँ बजेट मौज्दात छ ।

सात महिनामा महानगरले सबैभन्दा धेरै वित्तीय सुशासनमा खर्च गरेको छ । महानगरले वित्तीय सुशासनमा ५४ लाख विनियोजन गरेकोमा अहिलेसम्म ४६ प्रतिशतभन्दा धेरै अर्थात् २५ लाख १४ हजार रुपैयाँ खर्च भएको छ ।

यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा तीन अर्ब ४९ करोड १४ लाख विनियोजन भएकोमा एक अर्ब ५४ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ । यस्तै ऊर्जा क्षेत्रमा सात करोड ७१ लाख छुट्याएको महानगरले सात महिनामा दुई करोड ७९ लाख रुपैयाँ खर्च गरेको छ । शिक्षा क्षेत्रमा दुई अर्ब ७२ करोड ७१ लाख विनियोजन भएकोमा ८८ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ ।

महानगरले चार वटा क्षेत्रमा भने सात महिनासम्ममा एक प्रतिशत बजेट पनि खर्च गर्न सकेको छैन । जलस्रोत तथा सिँचाइ, भूमि व्यवस्था, गरिबी निवारण र श्रम तथा रोजगारी क्षेत्रमा बजेट खर्च शून्य प्रतिशत छ ।

यस्तै कृषिमा तीन करोड २५ लाख विनियोजन भएकोमा शून्य दशमलव ८३ प्रतिशत, वित्तीय क्षेत्रमा १८ करोड २२ लाख विनियोजन भएकोमा शून्य दशमलव ८१ प्रतिशत, तथ्याङ्क प्रणालीमा ३७ लाख विनियोजन भएकोमा शून्य दशमलव २८ प्रतिशत बजेट खर्च भएको छ ।

यस्ताे छ महानगरकाे क्षेत्रगत बजेट खर्च–

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया