काेशी प्रदेश सरकारद्वारा स्वास्थ्य स्वयंसेविकाकाे सम्मान

 फागुन ७, २०८० सोमबार १८:४२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रजातन्त्र दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले १४ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । मुख्यमन्त्री केदार कार्कीले आज प्रदेशका १४ जिल्लाबाट एक–एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नुभएको हो ।

जनस्वास्थ्यका लागि खटिएका स्वास्थ्य स्वयंसेविकाहरूलाई जुत्ता लगाइदिएर मुख्यमन्त्री कार्कीले सम्मान गर्नुभयो । स्वयंसेविकाहरूलाई प्रदेशको स्वास्थ्य मन्त्रालय अङ्कित चाँदीको सिक्का, खादा, सम्मानपत्र र नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरेपछि बोल्दै कार्कीले आफ्ना सन्तानको हेरचाह छोडेर अरूको सेवा गर्न दौडनेहरूलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताउनुभयो । त्यसअघि बिहान प्रदेश सरकारले विराटनगरमा प्रभातफेरीको आयोजना गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया