प्रिमियर लिगमा एभर्टन र क्रिष्टल प्यालेसले बराबरी खेले

 फागुन ८, २०८० मंगलबार ६:४८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिष्टल प्यालेसले बराबरी खेलेका छन् ।

गएराती भएको खेलमा एभर्टन र क्रिष्टल प्यालेसले १–१ गोलको बराबरी खेलेका हुन् ।

क्रिष्टल प्यालेसका जोर्डन अयुले खेलको ६६ औँ मिनेटमा गरेको गोल एभर्टनका ओमाडउ ओनानाले ८४औँ मिनेटमा फर्काएपछि खेल बराबरीमा गएको हो ।

क्रिष्टल प्यालेस २५ खेलमा २५ अङ्कसहित तालिकाको १५औँ स्थानमा छ । एभर्टन २५ खेलमा २० अङ्ककासाथ १७औँ स्थानमा छ । 


 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया