मोरङमा मार्बल बोकेको ट्रक पल्टिएर किचिँदा ३ जना बालबालिकाको ज्यान गयो, २ जना घाइते

 फागुन ११, २०८० शुक्रबार १५:५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

माेरङ – मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर ४ निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक ट्रक पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर ज्यान गएको छ ।

आज बिहान भएको दुर्घटनामा चार वर्षे जुम्ल्याहा बालबालिकासहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो । मार्बल बोकेको भारतीय नम्बरको ट्रक पल्टिँदा बुढीगङ्गा–४ प्रगति टोलका ज्योति अधिकारीका छोरी इसिता र छोरा निशान्त तथा सन्जु खवासको आठ वर्षे छोरी रिहाको ज्यान गएको हो ।

घरमा सुतिरहेका जुम्ल्याहा दुई जना र बाटोमा हिँडिरहेका रिहाको दुर्घटनामा ज्यान गएको हो । दुर्घटनामा ज्योति अधिकारी र रिहाकी आमा सन्जु खवास घाइते हुनुभएको छ । प्रहरीले क्रेनको सहायतामा ढुङ्गा पन्छाएर शव निकालेको हो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया