मिटरब्याजपीडित र सरकारबीच आज वार्ता हुँदै

 फागुन १४, २०८० सोमबार ९:१४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आन्दोलनरत मिटरब्याजपीडित र सरकारबीच आज वार्ता हुँदैछ । दुवै पक्षले वार्ता टोली गठन गरेसँगै आज बिहान ११ बजे वार्ता हुन लागेको हो । हिजो सरकारले गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोलीे गठन गरेपछि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले पनि अवधेश कुशवाहाको नेतृत्वमा ९ सदस्य वार्ता टोली गठन गरेको छ ।

सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनका अनुसार हिजो सरकारी वार्ता टोली र मिटरब्याजको ठगीविरुद्ध किसान मजदूर सङ्घर्ष समिति बीचमा औपचारिक भेटघाट तथा परिचय भएको छ । यसअघि मिटरब्याजपीडितसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरु पुनः न्याय माग्दै विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाण्डौ आइपुगेका हुन् ।

यसअघि गएको  वर्षको चैत २ गते मिटरब्याजपीडितलाई न्याय दिलाउन भनेर एक टोली ११ दिनको पैदल यात्रापछि काठमाण्डौ आएको थियो । काठमाण्डौमा झण्डै एकहप्ता आन्दोलन गरेपछि सरकार र मिटरब्याजपीडितबीच चैत १८ गते पाँच बुँदे सहमति भएको थियो ।

सहमति अनुसार सरकारले आयोग गठन गर्‍यो । झण्डै २८ हजार उजुरी परेकोमा ५ हजार उजुरीमा मिलापत्र पनि भयो । तर, पनि मिटरब्याज पीडितको आन्दोलन अझै रोकिएको छैन ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया