योग तथा ध्यानले मनलाई शान्त र सन्तुलनमा राख्न मद्दत पुग्ने

 फागुन १४, २०८० सोमबार ९:३०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपालमा पछिल्लो समय मानिसहरु निराश हुँदै जाने र बिस्तारै मनोरोगी हुने क्रम बढिरहेको छ । योग र ध्यानको अभ्यासले शारीरिक लाभसँगै मनोवैज्ञानिक लाभ पनि मिल्ने हुँदा तनाव व्यवस्थापनमा सहयोग पुग्ने जानकारहरु बताउँछन् ।

योग तथा ध्यानले मनलाई शान्त र सन्तुलनमा राख्न सकिने ध्यान प्रशिक्षक डा बद्रिप्रकाश ओझाले बताउनुभयो । उज्यालोसँंगको कुराकानीमा उहाँले आधुनिक स्वास्थ्य विज्ञानका अनुसार शरीरको रक्तचाप, तापक्रम, रगतमा भएको ग्लुकोजको मात्रा आदिको सन्तुलनलाई निरन्तर कायम राख्न ध्यानले सघाउने बताउनुभयो । उहाँका अनुसार दिनको १५ मिनेट मात्र ध्यान गर्ने हो भने मानिसको जीवनमा रहेका तनाव कम हुँदै जानेछ ।

यस्तै मनमा उठेका नकारात्मक सोचलाई शारीरिक व्यायाम, योग, ध्यान लगायतले कम गर्न सकिन्छ। यसबाट सकारात्मक सोचको विकास, मान्छेलाई उत्साहित बनाउने र उर्जावान जीवनशैलीका लागि पनि सघाउ पुग्नेमा उहाँको जोड छ । सकारात्मक मानसिकताले जीवनमा आनन्द, खुसी र स्वस्थ अनुभव गर्न र तनावको स्तर कम गर्न मद्दत गर्छ ।

सकारात्मक सोचलाई जीवनको एक मार्गको रूपमा अपनाउँदा जीवनमा रचनात्मक परिवर्तन आउने उदाहरण विश्वमै देखा पर्न थालेको ध्यान प्रशिक्षक डा ओझाको भनाइ छ। 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया