नेपालमा हुने भ्रष्टाचारको मोलमोलाइ विदेशमा हुन थाल्याे, सूचना पाउनै मुस्किल : अख्तियार प्रमुख राई

 फागुन १५, २०८० मंगलबार १८:११:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालभित्रको भ्रष्टाचारको कारोबार विदेशमा हुने गरेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त राईले नेपालमा हुने भ्रष्टाचारको मोलमोलाइ विदेशमा हुने गरेको र त्यस्तो कारोबारको सूचना पाउन धेरै मुस्किल भएको बताउनुभयो । नेपाल एअरलाइन्सको वाइडबडी विमान खरिदसम्बन्धी कतिपय सूचना अरू देशका निकायहरूसँग लिनुपर्नेमा सूचना लिन नसकेको उहाँको भनाइ छ ।

नेपालले अरू देशहरूसँग पारस्परिक कानुनी सहायतासम्बन्धी द्विपक्षीय समझदारी नगरेकाले ती देशका निकायहरूले सूचना दिन अस्वीकार गरेका प्रमुख आयुक्त राईले बताउनुभयो । ‘नेपालमा हुने भ्रष्टाचारको डिलिङ बाहिर हुन थाल्यो । त्यसैले सूचना बाहिर बढी छ तर अन्तर्राष्ट्रियस्तरबाट सूचना ल्याउन गाह्रो भइरहेको छ’, उहाँले भन्नुभयाे ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया