सामुदायिक विद्यालय बन्द हुँदा सीमा क्षेत्रका नेपाली विद्यार्थी पढ्नकै लागि भारततर्फ जाँदै

 फागुन १६, २०८० बुधबार ९:३२:८ | रासस
unn.prixa.net

काठमाण्डौ – विद्यार्थी अभावमा सामुदायिक विद्यालय बन्द हुनेक्रम बढेसँगै नेपालबाट कतिपय विद्यार्थी पढ्नकै लागि भारततर्फ जान थालेका छन् । मुख्यगरी भारतसँग सीमा जोडिएका क्षेत्रमा यो समस्या बढ्दो छ । विद्यालय नभएका ठाउँमा पढ्नकै लागि भारत जानुपर्ने एउटा बाध्यता छ भने भएका विद्यालय बन्द हुँदा थप सास्ती भएको छ ।

सीमाक्षेत्रका केही बालबालिका घरबाटै भारतका विद्यालय जाने गरेका छन् भने कतिपयका अभिभावकसहित महँगो शुल्क तिरेर भारतीय बजारमा बस्नुपर्ने बाध्यता छ । इलामको सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमुको यसवर्ष नातिनी पढाउन भारत जाने तयारी छ।

भारतको मानेभञ्ज्याङमा रहेको स्कुलमा नातिनी पढाउन उहाँले नजिकै कोठा खोज्नुभएको छ । चैत पहिलो हप्ता जाने तयारी रहेको लमुले बताउनुभयो । पातलो बस्ती र जनघनत्व पनि कम भएको इलामको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तह पढाउन भारतीय क्षेत्रमा अभिभावक नै गएर बस्नुपर्ने बाध्यता रहेको जौबारीका सोनाम शेर्पाले बताउनुभयो ।

मानेभञ्ज्याङमा कोठा लिएर नानी पढाउन बसेकी डोमा शेर्पाले आफ्नै देशमा बच्चा पढाउन पाए सहज र राहत पुग्ने बताउनुभयो । जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबासलगायत क्षेत्रका बालबालिका भारतीय विद्यालय लैजानुपर्ने बाध्यता रहेको राष्ट्रिय प्रावि जौबारीका पूर्वप्रधानाध्यापक पासाङछिरिङ शेर्पाले जानकारी दिनुभयो । इलाममा मात्रै नभएर सीमा क्षेत्रमा विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन कतैबाट प्रयास नभएको उहाँको गुनासो छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया