निसानले अर्को वर्षदेखि चालकविनाको ट्याक्सीकाे व्यावसायिक परीक्षण गर्ने

 फागुन १६, २०८० बुधबार १६:७:३५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

कार उत्पादक कम्पनी निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा चालकविनाको ट्याक्सी सेवा शुरु गर्ने घोषणा गरेको छ । कम्पनीले राजधानी टोकियोको दक्षिणमा रहेको योकोहामाको क्षेत्रमा आउँदो आर्थिक वर्षको अप्रिलदेखि व्यावसायिक सेवाको परीक्षण शुरु गर्ने र २०२७ को अप्रिलदेखि व्यावसाययिक सेवा शुरु गर्ने घोषणा गरेको सामाचार संस्था एएफपीले जनाएको छ ।

निसानले सन् २०१७ देखि नै जापान र अरू देशमा समेत चालकविनाको ट्याक्सी सेवाबारे परीक्षण गरिरहेको छ । वृद्धवृद्धाकाे जनसङ्ख्या धेरै रहेको जापानमा चालकको अभाव रहेका कारण सेवा प्रधावकारी हुने कम्पनीको भनाइ छ ।

गएको वर्ष जापानी कम्पनी होन्डा, अमेरिकी कार कम्पनी जनरल मोटर्स र जीएमको अटोनोमस ड्राइभिङ युनिट क्रुजले संयुक्त उद्यम स्थापना गर्ने घोषणा गरेका थिए । उनीहरूले सन् २०२६ को शुरुमा जापानमा चालकविहीन गाडी सेवा शुरु गर्नेछन् । अर्काे जापानी कम्पनी टोयोटाले यसै वर्षको अन्त्यतिर टोकियोको सीमित क्षेत्रमा चालकविनाको सेवा शुरु गर्ने योजना बनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया