काठमाण्डौ महानगरमा झण्डै दुई लाख जनाले नियमित कर तिर्दैनन्

 फागुन १७, २०८० बिहिबार ९:२६:३१ | रासस
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा झण्डै दुई लाख जना करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । महानगरमा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने गरेको पाइएको हो।

लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएकाहरु कर तिर्नका लागि आलटाल गरिरहेका करदातालाई नियमअनुसार समावेश गर्नका लागि महानगरले वडास्तरीय अनुगमन गरी नियमसङ्गतरुपमा ल्याउने तयारी गरेको राजस्व विभागले जनाएको छ । कर तिर्नका लागि आलटाल गर्नेमा सबैभन्दा धेरै घरबहाल करमा झण्डै एक लाख करदाता रहेका छन् ।

त्यस्तै व्यवसाय कर, मनोरञ्जन कर र विज्ञापन करमा एक लाखको हाराहारीमा रहेको विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार दर्ता प्रक्रियामा नआएका सबै शीर्षकका करदातालाई नियमअनुसार बनाउनका लागि यसै महिनादेखि महानगरको ३२ वटै वडाबाट नियमित अनुगमन गरी प्रक्रियामा ल्याउने तयारी महानगरको रहेको छ ।

महानगरमा कर तिर्नका लागि दर्ता प्रक्रियामा आएका तर नियमित कर नबुझाउने करदाताबाट पनि दुई अर्ब रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षका लागि जम्मा १० अर्ब ८० करोड रुपैयाँ वार्षिक लक्ष्य लिएको महानगरले चालु आर्थिक वर्षमा ७ महिनाको अवधि पार गरिसक्दा पाँच अर्ब ८० करोड ५१ लाख ९०  हजार रुपैयाँ राजस्व उठाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया