विद्युतीय गाडी निर्माण गर्ने एप्पलको परियोजना रद्द

 फागुन १७, २०८० बिहिबार १२:३१:३३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – आइफोन निर्माता कम्पनी एप्पलले विद्युतीय गाडी (ईभी) निर्माण गर्ने योजना रद्द गरेको बताइएको छ । एप्पलले एक दशकदेखि यस परियोजनामा काम गरिरहेको भन्ने खबर बाहिरिएको थियो । तर झण्डै दुई हजार मानिस संलग्न रहेको परियोजनालाई कम्पनिले कहिले पनि सार्वजनिक रूपमा स्वीकार भने गरेको छैन ।

यस परियोजनामा आबद्ध भएका धेरैजसो कर्मचारीहरूलाई आईफोन निर्माताको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डिभिजनमा सारिने बीबीसीले जनाएको छ । एप्पलले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । एप्पल कार टोलीलाई कम्पनीका प्रमुख कार्यकारी टिम कुकको टाइटन प्रोजेक्ट अन्तर्गतको विशेष समूहको रूपमा चिनिन्थ्यो । 

यसअघि कम्पनीले अनुसन्धान र विकासमा अर्बौँ डलर खर्च गरेकोले स्टीयरिङ ह्वील र पेडल विना पूर्ण स्वचालित विद्युतीय गाडी निर्माणका लागि काम गरिरहेको हल्ला थियो । एप्पलले गाडी उत्पादन गर्न अझै वर्षौँ लाग्ने आँकलन गरिएको खबरमा उल्लेख छ । एप्पलले आईफोन र कम्प्युटरहरू निर्माण बाहेक अन्य अवसरहरू खोजिरहेको जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया