सेती नदीकाे बाँध खाेलेर दिनभर खाेज्दा पनि मानबहादुरकाे अवस्था थाहा हुन सकेन

 फागुन १७, २०८० बिहिबार १८:२१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कास्की – पाेखरा महानगरपालिका–१६ को दिपमा रहेकाे बाँध खोलेर आज दिनभर खोजी गरिएका मानबहादुर तामाङको अवस्था अझै थाहा हुन सकेको छैन ।

आज बाँध खोलेर सेती नदीमा पानीको बहाव बढाई बेपत्ता मानबहादुरको खोजी गरिएको तर नभेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गएको फागुन १३ गते सेतीमा माछा मार्ने क्रममा पोखरा महानगरपालिका–१ सिम्पानीका मानबहादुर सम्पर्कविहीन हुनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार आज दिउँसो खोलिएको बाँध बेलुका बन्द गरिएको छ । अब भोलि स्थानीयवासी र आफन्तले बेपत्ताको खोजी गर्ने सूचना अधिकारी विकले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया