पहिलो पटक सातै प्रदेशमा ललितकला प्रदर्शनी

 फागुन १८, २०८० शुक्रबार ९:३३:५७ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाली ललितकला क्षेत्रमा यसवर्ष पहिलो पटक सातै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनी थालनी भएको छ । देशको सङ्घीयताअनुरुप सातै प्रदेशलाई समान स्थान दिँदै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यसपटकबाट सातै प्रदेशमा प्रदेशस्तरीय कला प्रदर्शनीको शुरुवात गरेको हो ।

कर्णाली प्रदेशको सुर्खेतबाट हिजोदेखि शुरु भएको प्रदर्शनी आउँदो चैत १६ गतेसम्म चल्नेछ । सातै प्रदेशमा झण्डै एक महिनासम्म प्रादेशिक प्रदर्शनी हुने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केली काफ्लेले जानकारी दिनुभयो । उहाँले अन्य प्रदेशका प्रदर्शनीको पनि तयारी लगभग पूरा भएको बताउनुभयो ।

कर्णाली प्रदेशको प्रदर्शनी यही फागुन २१ गतेसम्म चल्नेछ । गण्डकीमा फागुन १९ गतेदेखि २३ गतेसम्म, सुदूरपश्चिममा फागुन २० गतेदेखि २४ गतेसम्म, लुम्बिनीमा फागुन २२ गतेदेखि २६ गतेसम्म, कोशीमा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म, मधेशमा चैत २ गतेदेखि चैत ५ सम्म तथा बाग्मतीमा चैत १२ गतेदेखि १६ गतेसम्म प्रदर्शनी गरिने छ ।

प्रदर्शनीबाट छानिएका कलाकृति २०८१ जेठ १५ गते काठमाण्डौमा हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ मा राखिने प्रतिष्ठानले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया