सप्तरीमा विद्यार्थीलाई शेयरबारे प्रशिक्षण

 फागुन १८, २०८० शुक्रबार १२:५३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी-सप्तरीको रूपनगर क्याम्पसले शेयर कारोबार सिकेर त्यसबाट कसरी कमाउन सकिन्छ भन्ने विषयमा विद्यार्थीका लागि प्रशिक्षण गरेको छ । डिम्याट खाता, मेरो शेयर, आइपिओ, लगायत स्टक सम्बन्धी आधारभूत अवधारणा र तिनका प्रक्रियाबारे सहभागीहरूलाई व्यवहारिक ज्ञान दिइएको क्याम्पसले जनाएको छ ।

कार्यक्रममा शेयर बजारमा प्रत्यक्ष अनलाइन कारोबार गरेर विद्यार्थीलाई सिकाइएको रूपनगर नन्दराज संग्रौला क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले जानकारी दिनुुभयो ।आधारभूत प्रशिक्षणमा ३० जना विद्यार्थी र केही अविभावक सहभागी थिए ।

क्याम्पस प्रमुख गजुरेलले विश्वविद्यालयले निर्धारण गरेको पाठ्यक्रम पढेर, प्रमाणपत्र हासिल गरेर मात्र नहुने भएकाले विद्यार्थीहरूलाई विभिन्न सीपमूलक कार्यक्रम र प्रशिक्षण दिने गरेको जानकारी दिनुुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया