त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे पहिलाे जित, नामिबियालाई ३ रनले हरायाे

 फागुन १८, २०८० शुक्रबार १५:१३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले पहिलो जित हात पारेको छ । नेपालले नामिबियालाई ३ रनले हरायो ।

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रनमात्र बनाउन सक्यो । नामिबियाका कप्तान जेजे स्मिटले ५० रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनायो । नेपालका कुशल मल्लले अर्धशतक बनाए । मल्लले ३७ बलमा नट आउट ५५ रन बनाए । नामिबियाका बेन शिकोङ्गोले ३ विकेट लिए ।

अब नेपालले भोलि नेदरल्यान्ड्ससँग र पर्सि नामियिा र नेदरल्यान्ड्स खेल्नेछन् । शृङ्खलाकाे पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । यस्तै अस्तिको खेलमा नेपाल नेदरल्यान्ड्सँग २ रनले हारेको थियो । नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल २ अङ्कसहित दाेस्राे स्थानमा उक्लिएकाे छ । नामिबिया २ अङ्क भए पनि नेट रन रेटका आधारमा तेस्राे स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया