नेपालका बैंक तथा वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एसियामै सुरक्षित : गभर्नर अधिकारी

‘बचतकर्ताहरूले बचत गरेको निक्षेपभन्दा बैंकहरूसँग तीन गुणा बढी सम्पत्ति छ’

 फागुन २०, २०८० आइतबार १८:३०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमाथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने चेतावनी दिनुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिकाे आजकाे बैठकमा गभर्नर अधिकारीले बैैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल गिराउने काम गरिरहेको दाबी गर्नुभयो ।

गभर्नर अधिकारीले बैंकका कर्मचारीहरूलाई मोसो दल्ने लगायतका हर्कत गर्ने समूहलाई सरकारले तत्कालै कानुनी कारबाही गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बैंकिङ उद्योगलाई धराशायी बनाउने गरी राजनीतिसमेत जोडिएको आशङ्का व्यक्त गर्नुभयो । उहाँले राजनीतिकरूपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको बताउनुभयो । उहाँले अर्थतन्त्र कमजोर बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने दाउमा अराजक गतिविधि भइरहेको बताउनुभयो ।

गभर्नर अधिकारीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकर्सहरूलाई पक्राउ गरेको सन्दर्भमा अन्य बैंकर्सहरू आतङ्कित हुनुपर्ने अवस्था नभएको जिकिर गर्नुभयाे । उहाँले सीआईबीसँग राष्ट्र बैंकले बैंकका कर्मचारी पक्राउ सम्बन्धमा सोधपुछ गर्दा सहकारीको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको जानकारी दिनुभयो ।

गभर्नर अधिकारीले नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एसियामा नै सुरक्षित र पारदर्शी रहेको दाबी गर्नुभयो । उहाँले बचतकर्ताहरूले बचत गरेको निक्षेपभन्दा बैंकहरूसँग तीन गुणा बढी सम्पत्ति रहेकाले डराउनुपर्ने अवस्था नभएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया