शेयर बजार ११ अङ्कभन्दा धेरैले घट्याे

 फागुन २०, २०८० आइतबार १८:३३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ७८ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ३० विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटन र उत्पादनबाहेक सबै समूहको शेयर घटेको छ । दोहोरो अङ्कले बजार घटेको दिन चिरख्वा हाइड्रोपावरको शेयर झन्डै साढे सात प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन ग्लोबल आईएमई लघुवित्तको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज ५५ लाख ७४ हजार कित्ता शेयर दुई अर्ब आठ करोड रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया