वैज्ञानिकहरूले सबैभन्दा ठूलो मरुभूमिको उत्पत्तिबारे पत्ता लगाए

 फागुन २२, २०८० मंगलबार ६:३९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पृथ्वीको सबैभन्दा ठूलो र सबैभन्दा जटिल मरूभूमिको उत्पत्तिबारे पहिलो पटक प्रक्षेपण गरिएको छ । वैज्ञानिकहरुले अफ्रिका, एसिया र उत्तरी अमेरिकाका साथै मङ्गल ग्रहमा रहेका यस्ता मरूभूमिहरू कहिले बनेका हुन् भन्ने कुरा यसअघि पत्ता लगाउन सकेका थिएनन् ।

वैज्ञानिकहरूले मोरक्कोको लाला लालिया नामको मरुभूमि १३ हजार वर्षअघि बनेको पत्ता लगाएका बीबीसीले जनाएको छ । ठूला मरुभूमिमा हावाको वेगले उडाएर ल्याएको बालुवा जम्मा भएर बनेका ढिस्को जसलाई स्टार ड्युन्स वा पिरामिड ड्युन्स भनिन्छ ।

तिनीहरूको आकार र उचाइबारे पनि अध्ययन भएको छ । मरुभूमिहरूको उत्पत्तिबारे पत्ता लागेसँगै वैज्ञानिकहरूलाई त्यहाँको हावा र मौसमको बारेमा जान्न मद्दत गर्ने युनिभर्सिटी अफ एबेरिस्तविलका प्रोफेसर जाफ डलरले बताएका खबरमा उल्लेख छ ।

दक्षिण–पूर्वी मोरक्कोमा रहेको लाला लालिया मरुभूमिमा  बालुवा बनेका बालुवाका ढिस्को नौ सय मिटर अग्लो र तीन सय मिटर चौडा रहेका छन् । यो मरुभूमि बनेपछि झण्डै दुई सय वर्षसम्म यसको विकास भएको थिएन भने पछिल्ला केही हजार वर्षमा यो तीव्र गतिमा बढ्दै गएको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया