फ्रान्स गर्भपतनलाई संवैधानिक अधिकार दिने पहिलो देश

 फागुन २२, २०८० मंगलबार १२:८:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – गर्भपतनलाई संवैधानिक अधिकार बनाइएसँगै फ्रान्स संविधानमा गर्भपतनको अधिकार समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली संसद्का सदस्यहरूले यसका लागि संवैधानिक संशोधनलाई अनुमोदन गरेका छन् ।

गर्भपतनलाई संवैधानिक अधिकार बनाउन फ्रान्सको सन् १९५८ को संविधान संशोधन गरिएको थियो।यसबाट महिलालाई गर्भपतन गराउने स्वतन्त्रता दिइएको छ । फ्रान्सको संसद्मा यो संशोधनको पक्षमा ७ सय ८० मत परेको थियो भने विपक्षमा ७२ मत परेको थियो ।

संशोधन पारित हुनेबित्तिकै संसद्का सदस्यहरुले उठेर स्वागत गरेका थिए । राष्ट्रपति इमानुएल म्याक्रोनले यसलाई फ्रान्सका लागि गौरवको विषय भन्दै यो संविधान संशोधनले विश्वलाई सन्देश दिने बताउनुभयो । तर, गर्भपतन विरोधी सङ्गठनहरुले भने सरकारको यो कदमको विरोध गरेका छन्।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया